2024-08-12
स्नातक प्रथम वर्षमा भर्ना खुलेकाे सूचना

बि.बि.एस. तथा बि.एड. प्रथम वर्षमा भर्ना खुल्याे ।

स्नातक प्रथम वर्षमा भर्ना खुलेकाे सूचना

General
Basanta Multiple Campus
वि.वि.एस. तथा वि.एड. दाेश्राे वर्षकाे परीक्षा फारम खुलेकाे सूचना : वि.वि.एस. तथा वि.एड. दाेश्राे वर्षकाे परीक्षा फारम खुलेकाे सूचना ..read More.. | वि.एड. तथा वि.वि.एस.प्रथम वर्षकाे परीक्षा फारम भर्ने सम्बन्धि सूचना : वि.एड. तथा वि.वि.एस.प्रथम वर्षकाे परीक्षा फारम भर्ने सम्बन्धि सूचना ..read More.. | स्नातक प्रथम वर्षमा भर्ना खुलेकाे सूचना : स्नातक प्रथम वर्षमा भर्ना खुलेकाे सूचना ..read More.. | प्रयाेगात्मक परीक्षाकाे कार्यतालिका प्रकाशन गरिएकाे : प्रयाेगात्मक परीक्षाकाे कार्यतालिका प्रकाशन गरिएकाे..read More.. | स्नातक तह तेश्राे वर्ष वि.वि.एस. तथा वि.एड.का नियमित तथा अाशिंक परीक्षार्थीहरूलाइ परीक्षा फारम भर्ने सम्बन्धि सूचना । : स्नातक तह तेश्राे वर्ष वि.वि.एस. तथा वि.एड.का नियमित तथा अाशिंक परीक्षार्थीहरूलाइ परीक्षा फारम भर्ने सम्बन्धि सूचना ।..read More.. |

About Us

यस क्याम्पसको स्थापना २०६६ साल माघ महिनामा भएको हो । यस ठाउँमा एउटा स्नातक तह पठनपाठन हुने क्याम्पस स्थापना हुनुपर्छ भन्ने यहाँका समाजसेवी,वुद्घिजिवी, शिक्षक,उद्योगी, व्यवसायी तथा सर्वसाधारणको अठोटको आधारमा मिति २०६६ माघ १७ गते आइतवारका दिन तत्कालिन वसन्त उच्च मा.वि.हाल वसन्त मा.वि.को प्राङ्गणमा भएको एक वृहत भेलाद्घारा यसको स्थापना गर्ने निर्णय गरिएको हो । सोही भेलाले यस क्याम्पसको नामाकरण गर्दै क्याम्पस संचालनका लागि तत्कालिन गा.वि.स.का पूर्व अध्यक्ष स्व. डम्बर बहादुर माबुहाङको अध्यक्षतामा एउटा तदर्थ समिति गठन गरी क्याम्पस संचालन सम्बन्धी विनियमावली निर्माण गर्ने तथा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट क्याम्पस संचालन अनुमति लिई स्नातक तहको क्याम्पस संचालन गर्ने जिम्मेवारी प्रदान गरेको थियो । जस अनुसार यस समितिले आवश्यक प्रकृया अघि बढाई पहल समेत गर्दै जाँदा २०६७ साल श्रावण अन्तिम हप्तामा व्यवस्थापन संकाय तर्फ स्नातक कक्षा द्यद्यक् संचालन गर्ने अनुमति प्राप्त गरेको र यस क्याम्पसले मिति २०६९ सालमा अर्को शिक्षा विषयमा स्नातक तह (B.ed.)संचालन गर्ने अनुमति प्राप्त गरी शिक्षा र वाणिज्य गरी दुईवटा संकायमा विहानी सत्रमा विहान ६.०० बजे देखि ११.०० बजेसम्म कक्षा संचालन भई रहेको छ । 
BBS तहको तेस्रो बर्षसम्म  पठन पाठन हुने विषयहरु सबै अनिवार्य हुने र चौथो वर्ष थप इच्छाधिनको रुपमा बजारसास्त्र  विषयलाई छनौट गरी अध्यापन गराउदै आइएको छ भने  वि.एड. तर्फ अनिवार्य विषयको अलावा ऐच्छिक विषयहरुमा अंग्रेजी, नेपाली र थप इच्छाधिन चतुर्थको रुपमा जनसंख्या विषय छनौट गरी अध्यापन गरी रहेको छ ।

More

परिकल्पना

क्याम्पसको सपना, गुणस्तरीय जनशक्तिको उत्पादनसँगै समृद्ध समाजको स्थापना ।
 

ध्येय

सिमिति श्रोत तथा आधुनिक साधनको अधिकतम प्रयोगद्वारा गुणस्तरीय, व्यवाहारिक, प्रविधियुक्त, अनुसन्धान केन्द्रित उच्च शिक्षा प्रदान गर्नु ।
 

लक्ष्य

विश्वविद्यालयले निर्धारण गरेको शैक्षिक मापदण्ड अनुसार विश्वपरिवेश अनुकुलको दक्ष र प्रतिस्पर्धी जनशक्ति तयार गर्ने । 
समुदायको लागि  आफ्नो क्याम्पसको रुपमा विकसित गर्नु । 
शैक्षिक केन्द्रको रुपमा विकसित गर्नु । 

उद्देश्य

  • क्याम्पसको संस्थागत क्षमताको विकास गर्नु ।
  • विद्यार्थीमैत्री तथा प्रबिधिमैत्री  भौतिक पूर्वाधार निर्माण गर्नु ।
  • शिक्षण सिकाई प्रकृयामा प्रविधिमैत्री बनाउदै सिकाई प्रकृया अनुसन्धानमुखी बनाउनु । 
  • शिक्षक तथा कर्मचारीको पेशागत क्षमताको विकास गरी समुदायको विकासमा परिचालन गर्नु । 
  • विद्यार्थी कल्याण र सुविधाका कार्यक्रमहरु संचालन गर्नु । 
  • लैगिंक संवेदनशिलता र समावेशीतालाई प्राथमिकता दिनु । 
  • नियमित रुपमा विषय विज्ञ लगायतको सेमिनार तथा कार्यशाला गोष्ठी आयोजना गर्नु । 
  • सूचना प्रणालीलाई समयसापेक्ष गरी प्रभावकारी रुपमा संप्रेषण गर्नु र पारदर्शी बनाउनु । 
  • अन्य शैक्षिक संस्थाहरुसँगको सम्पर्क, समन्वय र सम्बन्धलाई मजबुत बनाउनु । 

Message From Campus Chief


सर्वप्रथमत म यस क्याम्पसको वेवसाइटबाट क्याम्पस प्रमुखको हैषियतले सम्पूर्ण अभिभावक, शिक्षक तथा विद्याार्थी लगायत सरोकारवालाहरुलाई स्वागत गर्न पाउदा आफुलाई गौरव महसुस गरेको छु । क्याम्पस स्थापनाको पन्ध्रौं वर्षको दौडानमा आजको प्रविधि उन्मुख समाजमा क्याम्पसका सूचना तथा गतिविधिहरुको वारेमा वेवसाइटको माध्यमद्धारा सम्प्रेषण गर्न पाउनु सुखद कुरा हो । यस प्रयासले निश्चितै रुपमा क्याम्पसको विकासमा थप टेवा पुग्ने कुरा महसुस गरेको छु । उच्च शिक्षाको पहुँच सर्वसाधारण स्तरसम्म त्यति सहज नभएको अवस्थामा खुलेको यस क्याम्पसले समुदायमा रहेका विपन्न, दलित, जनजाति, गरीव, छोरी, बुहारीलाई उच्च शिक्षाको सेवा प्रदान गर्दै आएकोले समुदायमा यसको लोकप्रियता बढदै गएको छ । प्रत्यक्ष रुपमा शिक्षक विद्यार्थी बीच मैत्रीपूर्ण वातावरणमा अन्तरक्रियात्मक छलफल विधिबाट कक्षा शिक्षण हुदै आएकोमा पछिल्ला दिनमा अनुसन्धानमुलक शिक्षण प्रकृयालाई प्राथमिकता दिन थालिएको छ भने प्रविधि मैत्री कक्षा शिक्षणलाई शिक्षणको अभिन्न प्रकृयाको रुपमा राखिएको छ । गुुणस्तरीय शिक्षाको सुनिश्चितताको लागि हामी प्रतिवद्ध रहेका छौै । विद्यार्थीका प्रत्येक क्रियाकलाप, गतिविधि तथा समस्यालाई क्याम्पस प्रशासनले चासो र उत्सुकका साथ लिने र सम्वोधन गर्दै आएको छ भने विद्यार्थीहरुले पाउने विभिन्न सेवा सुुविधा तथा सहुुलियतबारे क्याम्पस प्रसासनले खोजी गरी विद्यार्थी माझ सूचना सम्प्रेषण गर्दै सहजिकरण तथा प्रोत्साहित गर्ने काममा सदैव सहयोग गरी आएको छ । विद्यार्थीको माग र चाहना बमोजिम समयसापेक्ष विषयहरु थप गर्दै लैजाने योजना रहेको छ । विश्वमा तापमानमा वृद्धी भइरहेको सन्दर्भमा चिसो मौसम तथा रमणीय डाँडाकाँडा, गुुराँसको राजधानीको प्रस्थान विन्दु, प्रदुुषण रहित स्वस्थ्य वातावरणमा गुणस्तरीय शिक्षा दिने हाम्रो अभियानलाई सफल बनाउनको लागि सम्पूर्णमा सहयोग अपेक्षा समेत राखेको छुु । धन्यबाद । ..Read More

Message From Chairman Of Chairman


सर्वप्रथम त म यस क्याम्पसको अध्यक्षको तर्फबाट सवैलाई स्वागत गर्न चाहन्छु । वि.संं २०६७ सालमा स्थापित यो क्याम्पस समुदायस्तरबाट संचालित गैर मुनाफामुलक संस्था हो । क्याम्पस स्थापना क्रममा क्याम्पस संचालनका लागि यहाँका स्थानीय व्यक्ति, समुदाय, समाजसेवी, बुद्धिजीवी, राजनितिज्ञ व्यक्तिले आजीवन, विशिष्ट, संस्थागत तथा साधारण सदस्यता लिएको पाइन्छ । तसर्थ समुदायको प्रत्यक्ष सहभागीता तथा व्यवस्थापनमा यो क्याम्पस संचालन हुदै आएको छ । लालीगुराँस नगरपालिकाको निर्माण गर्ने क्रमको एउटा प्रमुख निर्धारक सूचकको रुपमा यो क्याम्पस रहेको थियो । तसर्थ यो क्याम्पस यस नगरपालिकाको पहिचान हो । उच्च शिक्षाको लागि गहना हो । यसको संचालन तथा व्यवस्थापनमा नगरवासीको अहम भूमिका रहेको कुरा छर्लङ्ग रहेको छ । हामी पछिल्लो दिनमा संस्थाको दीर्घकालिन व्यवस्थापनका लागि लालीगुराँस नगरपालिकासँग मिलेर स्थायी आर्थिक श्रोतको खोजी तिर लागेका छौ । त्यसै गरी शैक्षिक गुणस्तर अभिवृद्धीको लागि शिक्षकहरुलाई प्रबिधि उन्मुख गराउदै अनुसन्धानमुलक शिक्षण सिकाई प्रकृयालाई प्रोत्साहित गरिदै आएको छ । तसर्थ समयसापेक्ष शैक्षिक गुणस्तर कायम गर्नु हाम्रो ध्येय हो । त्यसैले यस क्याम्पसको विकासको लागि यहाँको सल्लाह र सुझावको अपेक्षा गरेको छु । धन्यवाद । ..Read More

Features

Here are the features of our institute.

Crystal Education ERP

Download our app and start exploring.

School Information and ERP Solution in single mobile app.

Sign up and recieve the latest updates.

You can get the latest update.