Basanta Multiple Campus

एक दिने कानूनी सचेतना कार्यक्रम सम्पन्न

5 month(s) ago

जिल्ला सरकारी वकिल कार्यालय, तेह्रथुमले यहि मिति २०८१ साल असार ७ गते शुक्रबार विहान ८ ः ०० बजे यस वसन्त बहुमुखी क्याम्पसमा अध्ययनरत वि.वि.एस. तथा वि.एड.का विद्यार्थीहरुको लागि एक दिने समुदायमा सरकारी वकिल कार्यक्रम आयोजना गरेको थियो । उक्त  कार्यक्रमको अध्यक्षता जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता पुरुसोत्तम खतिवडाले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा यस क्याम्पसका क्याम्पस प्रमुख भीम प्रसाद दाहाल रहनु भएको थियो । उक्त कार्यक्रमको सहजिकरण उक्त कर्यालयका सहायक जिल्ला न्यायधिवक्ता स्विकृति भन्डारीले गर्नु भएको थियो । उक्त कार्यालयका नायव सुव्वा प्रमोद घिमिरेले संचालन गरेको उक्त कार्यक्रममा यस क्याम्पसका शिक्षक र विद्यार्थी गरी जम्मा ५० जनाको उपस्थिति रहेको थियो ।