Basanta Multiple Campus

क्याम्पसको परिचय

यस क्याम्पसको स्थापना २०६६ साल माघ महिनामा भएको हो । यस ठाउँमा एउटा स्नातक तह पठनपाठन हुने क्याम्पस स्थापना हुनुपर्छ भन्ने यहाँका समाजसेवी,वुद्घिजिवी, शिक्षक,उद्योगी, व्यवसायी तथा सर्वसाधारणको अठोटको आधारमा मिति २०६६ माघ १७ गते आइतवारका दिन तत्कालिन वसन्त उच्च मा.वि.हाल वसन्त मा.वि.को प्राङ्गणमा भएको एक वृहत भेलाद्घारा यसको स्थापना गर्ने निर्णय गरिएको हो । सोही भेलाले यस क्याम्पसको नामाकरण गर्दै क्याम्पस संचालनका लागि तत्कालिन गा.वि.स.का पूर्व अध्यक्ष स्व. डम्बर बहादुर माबुहाङको अध्यक्षतामा एउटा तदर्थ समिति गठन गरी क्याम्पस संचालन सम्बन्धी विनियमावली निर्माण गर्ने तथा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट क्याम्पस संचालन अनुमति लिई स्नातक तहको क्याम्पस संचालन गर्ने जिम्मेवारी प्रदान गरेको थियो । जस अनुसार यस समितिले आवश्यक प्रकृया अघि बढाई पहल समेत गर्दै जाँदा २०६७ साल श्रावण अन्तिम हप्तामा व्यवस्थापन संकाय तर्फ स्नातक कक्षा द्यद्यक् संचालन गर्ने अनुमति प्राप्त गरेको र यस क्याम्पसले मिति २०६९ सालमा अर्को शिक्षा विषयमा स्नातक तह (B.ed.)संचालन गर्ने अनुमति प्राप्त गरी शिक्षा र वाणिज्य गरी दुईवटा संकायमा विहानी सत्रमा विहान ६.०० बजे देखि ११.०० बजेसम्म कक्षा संचालन भई रहेको छ । 
BBS तहको तेस्रो बर्षसम्म  पठन पाठन हुने विषयहरु सबै अनिवार्य हुने र चौथो वर्ष थप इच्छाधिनको रुपमा बजारसास्त्र  विषयलाई छनौट गरी अध्यापन गराउदै आइएको छ भने  वि.एड. तर्फ अनिवार्य विषयको अलावा ऐच्छिक विषयहरुमा अंग्रेजी, नेपाली र थप इच्छाधिन चतुर्थको रुपमा जनसंख्या विषय छनौट गरी अध्यापन गरी रहेको छ ।